दमौली : महिला शिक्षक समाज तनहुँले शिक्षक सरुवामा रकमको चलखेल तथा यौनजन्य हिंसाको आरोप लागेका शिक्षकलाई कानूनी दायरामा ल्याउन माग गरेको छ । समाजकी अध्यक्ष शर्मिला पौडेल ओझाले मंगलबार विज्ञप्ती जारी गरी आरोपितलाई प्रमाणका आधारमा कानूनी दायरामा ल्याउन माग गरेकी हुन् ।
शिक्षक सरुवामा रकमको चलखेल तथा यौनजन्य हिंसाका विषयलाई लिएर सञ्चारमाध्यममा आएका समाचार त्यसप्रति व्यक्त गरिएका टिकाटिप्पणीप्रति समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।