काङ्ग्रेस महाधिवेशन : तनहुँमा तीनमा निर्वाचन, एकमा सर्वसम्मत (विस्तृत विवरण सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस महाधिवेशन : तनहुँमा तीनमा निर्वाचन, एकमा सर्वसम्मत (विस्तृत विवरण सहित)

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०७८, शनिबार

    दमाैली : नेपाली काङ्ग्रेस तनहुँको १४ औं महाधिवेशन अन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । तीन वटा प्रदेशसभा क्षेत्रमा निर्वाचनबाट र एउटा प्रदेशसभा क्षेत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।

    तनहुँ क्षेत्र नम्बर १ (क), (ख), तनहुँ क्षेत्र नम्बर २ (क) मा निर्वाचन भएको हो भने तनहुँ क्षेत्र नम्बर २ (ख) मा सर्वसम्मत नेतृत्व चयन भएको छ । निर्वाचन भएका तीन वटा क्षेत्रमा शनिबार मतगणना सकिएको छ ।

    नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर १ (क) को सभापतिमा विशेश्वर खनाल निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणना अनुसार दुई सय ९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले दुई सय १६ मत प्राप्त गरेका छन् ।

    यसैगरी उपसभापतिमा बलबहादुर पोखरेल २५० मत प्राप्त गरी विजयी भएका छन् । अर्को उपसभापतिमा राजु खड्का र सविता उप्रेतीले बराबर २३१÷२३१ मत प्राप्त गरेका छन् । सचिवमा इश्वरप्रसाद पौडेल २७२ र हरिप्रसाद ढकालले २४० मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवमा माधव न्यौपाने २७४ र मिनबहादुर गुरुङ २९१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

    प्रदेश प्रतिनिधिमा कमल पण्डित, चिरञ्जीवि अधिकारी, ज्योति श्रेष्ठ, तुलसीराम सापकोटा, बाबुराम बगाले, सुरेश थापा, हरिदत्त पौडेल, एजिला ढकाल, कान्छीमाया तामाङ, तीर्थमाया पौडेल, ओजराज पौडेल, विद्या जिसी, अमर गुरुङ, मनिलाल श्रेष्ठ, केशकुमारी राना मगर र बुद्धकुमार परियार विजयी भएका छन् ।

    तनहुँ क्षेत्र नम्बर १ (ख) को सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार बिहान सकिएको मतपरिणाम अनुसार २२० मत प्राप्त गरी श्रेष्ठ सभापतिमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी राजेन्द्र पियाँले १५४ मत प्राप्त गरेका छन् ।

    उपसभापतिमा बाबुराम श्रेष्ठ २२५ मत र राधादेवी खनाल १९० मत प्राप्त गरी भएका छन् । सचिवमा लक्ष्मीकान्त मिश्र १९६ मत र हरिशरण खनाल १८४ मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवमा गोपाल थापा २२४ मत र राजु पौडेल १८२ मत प्राप्त गरी विजयी भएका छन् ।

    प्रदेश प्रतिनिधिमा पवित्रा गौली, विद्या खनाल, शान्ता बास्तोला, कर्णबहादुर गुरुङ, निमबहादुर मगर, प्रेम बहादुर गुरुङ, सुवास अधिकारी, मदन पण्डित, तुलक कैनी, गिरबहादुर थापा, महेश भट्टराई, पन्चमाया गुरुङ, विमला थापा, तम बहादुर दरै, बिपीन गुरुङ, अमृत नेपाली र चित्तबहादुर थापा विजयी भएका छन् ।

    नेपाली काङग्रेस तनहुँ २ (क) को सभापतिमा जितराज राना विजयी भएका छन् । शनिबार बिहान सकिएको मत परिणाम अनुसार राना सभापतिमा विजयी भएका छन् । पदाधिकारी तथा प्रदेश प्रतिनिधिमा पनि रानाको प्यानल विजयी भएको छ ।

    रानाले २३८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत प्राप्त गरेका छन् । उपसभापतिमा पशुपति क्षेत्री (२२९) र रेशमलाल पौडेल (२४६) विजयी भएका छन् ।

    सचिवमा राजेशकुमार श्रेष्ठ (२४४) र हरि भण्डारी (२२४) विजयी भएका छन् । सहसचिवमा केश बहादुर थापा (२३६) र मुक्तिप्रसाद सापकोटा (२२६) विजयी भएका छन् ।

    प्रदेश प्रतिनिधिमा तुल बहादुर गुरूङ २४९, रविचन्द्र पौडेल २४५, लोकेन्द्र थापा २१७, श्रीबहादुर थापा २२९, शिव बहादुर आले २३३, शिवशरण वाग्ले २२९ र समुन्द्रराम श्रेष्ठ २१६ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी बासना श्रेष्ठ २२६, बिना खनाल २१४ र सुलोचना गौतम १९९ मत प्राप्त गरी विजयी भएका छन् ।

    यसैगरी जुक्त्तराज वाग्ले २२३, निशादेवी पौडेल २१९, अन्जन कुमार श्रेष्ठ २४७, हिरालाल गुरूङ २३०, सीता कुमाल २१७, डोल बहादुर सुनार २३२ निर पुन १९३ मत प्राप्त गरी विजयी भएका छन् ।

    यसैगरी नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रदेश (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भएका छन् । दुई उपसभापतिमा इमानसिंह थापा र आनन्द देव श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा सुशील कुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका छन् ।

    यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुविर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मिरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन् ।