भिमादले बाँड्याे विपन्नलाई माैरीसहितकाे घार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादले बाँड्याे विपन्नलाई माैरीसहितकाे घार

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०७८, मंगलवार

    दुलेगाैडा : भिमाद नगरपालिकाले विपन्न समूहलाई मौरीसहितको घार वितरण गरेको छ । ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रमअन्तर्गत नगरपालिकाले मौरीसहितको घार वितरण गरेको हो । नगरभर रहेका अशक्त, अपांग, दलित, एकल र विपन्न महिलाको आय आर्जन बढाउने उद्देश्यले मौरीको घार वितरण गरेको उपमेयर शारदा खनालले बताइन् । नगरबासीलाई जहाँ पायक पर्छ त्यही लगेर मौरी घार वितरण गरिएको छ । 

    लक्षित समूहलाई राज्यको पहुँचमा हामी पनि छौं भन्ने महसुस गराउनलाई ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम चलाएको खनालले बताइन् । ‘एक, दुई वर्ष हामीले निः शुल्क मौरीको घार वितरण गर्‍यौं। त्यतिबेला लगेका घारमा आम्दानी नहुनेले मौरी राख्न नसकेर थन्क्याइएको पाइयो । त्यसैले यतिबेला हामीले मौरीसहितको घार उपलब्ध गराएका हौं,’ उनले भनिन् । 

    एउटै घार मौरीले पनि राम्रो आम्दानी लिन सकिने उनको विश्वास छ । नगरबासी सबैलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको उनको भनाइ छ । गत आर्थिक वर्षदेखि भिमादमा ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम सुरू भएको हो । पहिलो वर्ष लक्षित समूहमा पर्ने ४८ जनालाई पनि मौरीसहितको घार वितरण गरेको पशु सेवा शाखाका प्रमुख मुक्ति पौडेलले बताए । पाँच लाख रूपैयाँ कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले बजेट विनियोजन गरेको थियो । 

    यस वर्ष पनि पाँच लाख रूपैयाँ विनियोजन गरेर लक्षित समूहमा परेका ४९ जनालाई मौरी घार वितरण गरिएको हो । नगरपालिकाले मौरीसहितको एउटा घारलाई १० हजार रूपैयाँमा खरिद गरेको पौडेलले जनाए । मौरी पालनबाट राम्रो आम्दानी लिएर एउटै घारबाट पनि बिस्तार गर्न सकिन्छ ।