एमालेमा हेरफेरः केन्द्रीय सदस्य र पदाधिकारी थपिने, पोलिटव्युरो गठन हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेमा हेरफेरः केन्द्रीय सदस्य र पदाधिकारी थपिने, पोलिटव्युरो गठन हुने

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७८, शनिबार

    काठमाडौं : नेकपा एमालेले केन्द्रिय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने भएको छ । सौराहामा आयोजित पार्टीको अन्तिम केन्द्रिय कमिटी बैठकले सो निर्णय गरेको हो ।

    एमालेले ९९ सदस्यीय पोलिटव्युरो गठन गर्ने निर्णयसमेत गरेको छ । ४५ सदस्यीय स्थायी समिति  यथावत रहने भएको छ । एमालेका आयोग २५ सदस्यीय हुने भएका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार पदाधिकारी संख्यासमेत थप गरिएको छ । जसअनुसार उपाध्यक्ष  ६ जना र उपमहासचिव तीन जना रहनेछन् । कुल पदाधिकारी संख्या १९ पुगेको छ । यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ । हाल पदाधिकारीमध्यबाट ५ जनाको सचिवालय बनाउने व्यवस्था रहेको थियो ।