कांग्रेसले दुई दिन सार्‍यो प्रदेश अधिवेशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेसले दुई दिन सार्‍यो प्रदेश अधिवेशन

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७८, सोमबार

    काठमाडौ : नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति सारेको छ।प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन १९ क्षेत्रमा बाँकी रहेको र कतिपय जिल्लामा जिल्ला अधिवेशन नै बाँकी रहेकोले तयारी नपुगेको भन्दै प्रदेश अधिवेशन सार्ने निर्णय भएको छ।

    यही मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेकोमा दुई दिन अधिवेशन सार्ने निर्णय भएको हो।

    आज बालुवाटारमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको छलफलपछि प्रदेश अधिवेशन सार्ने निर्णय भएको हो।

    अब यही मंसिर १८ र १९ गते प्रदेश अधिवेशन तोकिएको छ। मंसिर १७ मै उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका बनाउने सहमति पनि भएको छ।

    प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू मतदाता हुन्छन्।

    कांग्रेसले यही मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ।