माओवादी केन्द्र व्यासको अध्यक्षमा रामचन्द्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    माओवादी केन्द्र व्यासको अध्यक्षमा रामचन्द्र

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७८, सोमबार

    दमाैली : नेकपा माओवादी केन्द्र व्यास नगर कमिटीको अध्यक्षमा रामचन्द्र सापकोटा चयन भएका छन् । नगर कमिटीको प्रथम अधिवेशनबाट सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

    नगर कमिटीको उपाध्यक्षमा देविका कुमारी बुर्जा मगर, इश्वर बस्याल, गोपाल सुर्खाली, सचिवमा बसन दरै, सहसचिवमा हर्कबहादुर थापा र कोषाध्यक्षमा केहरसिं आले चयन भएका छन् ।

    नेकपा माओवादी केन्द्रले गत शनिबार सबै पालिकामा एकैसाथ अधिवेशन गरेको थियो । त्यसमध्ये ६ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने दुई पालिकामा पदाधिकारी चयन गर्न बाँकी छ । दुई पालिकामा भने अधिवेशन स्थगित भएको छ ।