उद्योग विभागको महानिर्देशकमा तिवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उद्योग विभागको महानिर्देशकमा तिवारी

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०७८, बिहीबार

    काठमाडौ : सरकारले उद्योग विभागको महानिर्देशकमा रामचन्द्र तिवारीलाई जिम्मेवारी दिएको छ। गत कात्तिकमा खुल्ला प्रतिस्पर्धाबाट सह–सचिवमा नाम निकालेका तिवारीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन भएको थियो।

    सह–सचिव भएको एक महिनामै तिवारीले विभागको महानिर्देशकको महत्वपूर्ण जिम्मेवारी पाएका छन्। तिवारीले बिहीबारदेखि उद्योग विभागमा काम सुरु गरेका छन्। सरकारले तोकेको जिम्मेवारी अनुसार उद्योगको विकास गर्न काम गर्ने तिवारीले बताए।

    विभागका महानिर्देशक जीवलाल भुसालको सरुवा भएपछि मन्त्रायलले तिवारीलाई विभागमा पठाएको हो।