ऋषिङ अध्यक्ष कप : बिरुवा, गलकोट, भिमाद र ऋषिङ विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङ अध्यक्ष कप : बिरुवा, गलकोट, भिमाद र ऋषिङ विजयी

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०७८, सोमबार

    दमाैली : तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा जारी दोस्रो ऋषिङ अध्यक्ष कप पालिकास्तरीय भलिबल प्रतियोगितामा साेमबार चार खेल सम्पन्न भएका छन् ।

    ऋषिङ गाउँपालिका–१ झापुटारमा सञ्चालन भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको तेस्रो दिन स्याङ्जाको बिरुवा गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, तनहुँको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका विजयी भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

    नवलपुरको बौदीकाली र स्याङ्जाको बिरुवा गाउँपालिकाबीच भएको खेलमा बिरुवा ३–० सेटले विजयी भएको छ । बागलुङको गलकोट नगरपालिका र तनहुँको व्यास नगरपालिकाबीच भएको खेलमा गलकोट ३–१, कास्कीको मादी गाउँपालिका र तनहुँको भिमाद नगरपालिकाबीच भएको खेलमा भिमाद ३–२ सेटले विजयी भएको छ ।

    तनहुँको भानु नगरपालिका र ऋषिङ गाउँपालिकाबीच हुने खेलमा भने भानु नगरपालिकाले वाकओभर गरेपछि ऋषिङ विजयी भएको छ ।

    प्रतियोगिताको चौथो दिन मङ्गलबार तनहुँको म्याग्दे गाउँपालिका र स्याङ्जाको बिरुवा गाउँपालिका, भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका, कास्कीको रुपा गाउँपालिका र बागलुङको गलकोट नगरपालिकाबीच खेल हुनेछ ।

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु एक लाख ४० हजार, एक लाख, रु ६० हजार, रु ३० हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

    प्रतियोगितामा तनहुँको व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, कास्कीको मादी गाउँपालिका, रुपाकोट गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, नवलपुरको बौदीकाली गाउँपालिका गरी १६ टिमको सहभागिता रहेको छ ।

    फाइल तस्वीर