काठमाडौ : नेविसंघका पूर्वमहामन्त्री आनन्दराज त्रिपाठीले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
उनी नैनसिंह महर सभापति हुँदा नेविसंघको महामन्त्री थिए। तनहुँका त्रिपाठीले आफू पार्टी राजनीतिमा होमिएको र यसपालि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताए।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरेर उनले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
कांग्रेस महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरू हुँदैछ। शनिबार उम्मेदवारहरूको मनोनयन दर्ता र सोमबार बिहानदेखि मतदानको कार्यक्रम छ।
युवाहरू अब पार्टी राजनीतिमा आउनुपर्ने र पार्टीलाई रूपान्तरण गर्दै लैजानुपर्ने त्रिपाठीले बताए।