


दमौली । नेकपा एमालेका नेता किरण गुरुङ स्थायी कमिटी सदस्यमा चयन भएका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले गुरुङलाई स्थायी कमिटी सदस्य चयन गरेको हो। एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ।
गुरुङ यसअगाडी पनि स्थायी कमिटी सदस्य हुन् । पूर्वमन्त्री गुरुङ दशौ महाधिवेशनबाट सर्वाधिक तेस्रो मत सहित खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
यस्तै टुकराज सिग्देल पोलिटव्युरो सदस्यमा चयन भएका छन् । ९९ सदस्यीय पोलिटव्युरोमा तनहुँबाट सिग्देल समावेश भएका छन् । सिग्देल भने गण्डकी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए।