काठमाडौं । अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै ‘फ्लेभर्स अफ कस्मिर’ (कस्मिरको स्वाद) फुड फेस्टिभलको आयोजना गरेको छ ।
भारतिय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडवील एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिभ श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै यो फुड फेस्टिभल आयोजना गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए ।
फेस्टिभल अलफ्टमा पुस ४ गते सम्म दैनिक साँझ साँढे छ बजे देखि साँढे दस बजे सम्म चल्नेछ । वेलकम डिङ्क्स सहित खानाको प्रतीब्यक्ती कर बाहेक दुइहजार पाँच सय लाग्ने बताइएको छ ।
शाकाहारी स्टार्टरबाट सुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध हुने यो फेस्टिभल अलफ्ट अल-डे डाइनिङ ‘नुक’ मा उपलब्ध हुनेछ ।