नेपाली महिला टाेलीले जित्याे एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाली महिला टाेलीले जित्याे एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०७८, मंगलवार

    काठमाडाै । नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी एशियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ।

    मङ्गलवार बाङ्ग्लादेशको मिरपुरमा भएको निकै नै प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३-२ ले पराजित गर्दै महिला टोलीले उपाधि रक्षा गरेको हो।

    यसअघि सन् २०१९ मा भएको प्रतियोगिताको पहिलो संस्करणमा नेपालले माल्दिभ्सलाई हराउँदै उपाधि जितेको थियो। त्यो नेपाली भलिबलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो।

    त्यसलगत्तै टोलीले काठमाण्डूमा भएको १३ औँ दक्षिण एशियाली खेलकुदको फाइनलमा भारतसँग पराजित हुँदै रजत पदक जितेकाे थियाे ।