दमौली । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव आरके पोख्रेल एमाले तनहुँको सदस्यमा निर्वाचित भएका छन् । सोमबार राति सकिएको मतगणना अनुसार पोख्रेल खुल्ला तर्फबाट सदस्यमा निर्वाचित भएका हुन् ।
१७ जना खुल्ला सदस्यमध्ये पोख्रेलले सातौ स्थानमा रहँदै ३३४ मत प्राप्त गरेका छन् । निर्वाचित भएसँगै पोख्रेलले यो जित सम्पूर्ण युवाहरुको भएको बताए । पोख्रेल गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङको स्वकीय सचिव रहिसकेका छन् ।