कार्यकाल सकिने बेला वाग्ले समन्वय महासङ्घको उपाध्यक्ष चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कार्यकाल सकिने बेला वाग्ले समन्वय महासङ्घको उपाध्यक्ष चयन

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७८, मंगलवार

    दमाैली । कार्यकाल सकिन चार महिना बाँकी रहँदा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले समन्वय महासङ्घको उपाध्यक्ष चयन भएका छन् । जिल्ला समन्वय समिति महासङ्घ नेपालको दोस्रो बैठकबाट वाग्ले उपाध्यक्षमा चयन भएका हुन् ।

    जनप्रतिनिधिको कार्यकाल सकिन अब करिब चार महिनामात्रै बाँकी छ । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारी छ । मङ्लबारमात्रै बसेको सत्तारुढ गठबन्धनका नेताहरुको बैठकले वैशाखमै निर्वाचन गर्ने सहमति गरेका छन् ।