म्याग्दे गाउँपालिका थप दुई दिन बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे गाउँपालिका थप दुई दिन बन्द

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका थप दुई दिन बन्द हुने भएको छ । यसअघि माघ ९ गतेदेखि १२ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको गाउँपालिकाले थप दुई दिन सेवा स्थगित गर्ने निर्णय गरेको हो ।

    माघ १३ र १४ गते पुनः गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमणको स्थिति सुधार नभएको तथा सङ्क्रमित निको हुने क्रम बाँकी रहेकाले थप दुई दिन कार्यालय बन्द गरिएको उनले बताए ।

    माघ १६ गते आइतबारबाट गाउँपालिका र सात वटै वडा कार्यालयबाट नियमित सेवा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।