दमाैली । सहिद सप्ताहको अवसरमा तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित सहिदको शालिकमा माल्यार्पण गरिएको छ । राणा शासनविरुद्ध क्रान्तिको क्रममा बन्दीपुर सदरमुकाम कब्जा गर्ने क्रममा ज्यान गुमाएका छ सहिदको शालिकमा बिहीबार माल्यार्पण गरिएको हो ।
सहिद धर्मोत्तर सन्तधर्म चन्द्रखड्ग प्रतिष्ठानले तनहुँसुरमा सहिद उद्यान निर्माण गरेको छ । सोही उद्यानभित्र रहेको सहिदको स्मारकमा माल्यार्पण गरी सहिद दिवस मनाइएको छ ।
कार्यक्रममा वडाध्यक्ष निरबहादुर खड्का, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, व्यास क्षेत्र शिव पञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठ लगायतले सहिदको योगदानको चर्चा गरे ।
उद्यानमा सहिदहरु सन्तबहादुर राना, धर्मराज बतास, उत्तरकुमार श्रेष्ठ, चन्द्रबहादुर सार्की, धर्मध्वज गुरुङ र खड्गबहादुर गोदारको शालिक स्थापना गरिएको छ । उद्यानभित्र सङ्ग्रहालय लगायतका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।
सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।