सावधानी अपनाई व्यवसाय गर्न उद्योग वाणिज्य सङ्घको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सावधानी अपनाई व्यवसाय गर्न उद्योग वाणिज्य सङ्घको आग्रह

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७८, बिहीबार

    दमाैली । तनहुँ उद्योग वाणिज्य सङ्घले कोरोनाको सङ्क्रमणलाई ध्यानमा राखी सावधानी अपनाएर व्यवसाय गर्न व्यवसायीलाई आग्रह गरेको छ । सङ्घले बिहीबार विज्ञप्ती जारी गरी उच्च सतर्कता एवं सावधानी अपनाई उद्योग, व्यापार व्यवसाय, स्थानीय प्रशासनको आदेश अनुसार सञ्चालन गर्न आग्रह गरेको छ ।

    अनिवार्य रुपमा स्वयं आफू र ग्राहकलाई पनि मास्कको प्रयोग गर्न, आवश्यक सामग्रीको कृत्रिम अभाव नगर्न, भिडभाड नगर्न, भौतिक दूरी कायम गर्न आग्रह गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए ।