कांग्रेस क्षेत्रीय समितिले निर्वाचन केन्द्रित अन्तरक्रिया गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस क्षेत्रीय समितिले निर्वाचन केन्द्रित अन्तरक्रिया गर्ने

    खबरपुञ्ज संवाददाता

    २५ माघ २०७८, बुधबार

    दमौली । नेपाली कांग्रेस क्षेत्र न १ तनहुँले आगामी फागुन ३ गते अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालयमा बुधबार बसेको पदाधिकारीको दोश्रो बैठकले अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।

    निवर्तमान सभापति बैकुण्ठ न्यौपानेको विशेष उपस्थितिमा बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको भूमिकाका विषयमा अन्तरक्रिया हुने क्षेत्रीय सहसचिव शैलेश खातीले जानकारी दिए ।

    कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहित केन्द्रीय सदस्यहरु, कांग्रेसका जिल्ला सभापति, गण्डकी प्रदेश कार्यसमिति सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायतको सहभागिता रहनेछ।