दमाैली । तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) को आयोजनामा भिमादमा जारी जिल्लास्तरीय लिग फुटबल प्रतियोगिताको फाइनलमा बन्दीपुरस्थित अजम्बरी युवा क्लव र व्यासस्थित दोभान युवा क्लव भीड्ने भएका छन् । बिहीबार सम्पन्न सेमिफाइनल खेलबाट अजम्बरी र दोभानले फाइनलको यात्रा तय गरेका छन् ।
भिमाद युवा क्लवलाई हराउँदै दोभान फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै क्लवबाट एक÷एक गोल भएको थियो । ट्राइबेकरमार्फत् दोभान फाइनलमा पुगेको हो । ट्राइबेकरमा दाेभानले ४-२ ले भिमादलाई हराएकाे हाे ।
यसैगरी बन्दीपुरस्थित अजम्बरी युवा क्लवले खैरेनीटार युवा क्लवलाई हराउँदै फाइनलको यात्रा तय गरेको छ । अजम्बरीले खैरेनीटारलाई २–१ ले हराएको हो । प्रतियोगिताको फाइनल खेल शुक्रबार दिउँसो हुने सङ्घका उपमहासचिव टिकाराम पनेरुले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख र द्वितीय हुनेलाई नगद रु ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घले जनाएको छ । प्रतियोगितामा जिल्लाका दश क्लवको सहभागिता थियो ।