पूँजीगत खर्च कम्तिमा ८० प्रतिशत गर्ने गरी गति बढाउन मन्त्री बरालको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूँजीगत खर्च कम्तिमा ८० प्रतिशत गर्ने गरी गति बढाउन मन्त्री बरालको निर्देशन

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०७८, शुक्रबार

    दमौली । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन)ले चालु आर्थिक बर्षमा पूँजीगत बजेट कम्तिमा पनि ८० प्रतिशत खर्च गर्ने गरी कामको गति बढाउन निर्देशन दिएका छन्।

    प्रदेशको अर्थ मन्त्रालयले बिहीबार तनहुँमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुसासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बरालले पुंजिगत खर्च ८० प्रतिशतभन्दा बढी गर्ने गरी कामको गति बढाउन निर्देशन दिएका हुन्।

    लुकेर बसेका राजश्वको क्षेत्र वा सुत्रहरु जानकारी गराउन आग्रहगर्दै मन्त्री बरालले प्रदेशको आन्तरिक श्रोत बृद्धि गर्नुपर्ने बताए संघको बजेटले मात्र प्रदेश सरकार चल्नुको औचित्य नहुने उनको भनाई थियो । सम्बन्धित कार्यालयहरुको समस्या पहिचान गरी समाधान गर्न भनि आयोजना गरिएको उक्त कार्यक्रम पश्चात योजनाहरु समयमै गुणस्तरिय ढंगले सम्पन्न हुने मन्त्री बरालले विश्वास व्यक्त गरे ।

    जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले राजश्व बृद्धि हुने श्रोतहरुको खोजी गर्नुपर्ने बताए । मन्त्रालयले कम्तिमा चौमासिकमा छलफल तथा अन्तरक्र्रिया कार्यक्रम गर्न सके बजेट प्रभावकारी हुने उनले दावी गरे। प्रदेश निती तथा योजना आयोगका सदस्य माया तिमिल्सिनाले बजेट खर्च गरेसंगै गुणस्तरियतालाई समेत ध्यान दिन सुझाव दिइन् ।

    मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले सम्बन्धित मन्त्रालयले २५ प्रतिशतसम्म रकमान्तर गर्न सक्ने बताउदै बढी रकम रकमान्तर गर्नु पर्दा अर्थसंग सहमति लिनुपर्ने बताए ।