दमौली । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको सदस्यमा तनहुँबाट सात जना सदस्य चयन भएका छन् । पोखरामा बिहीबार सम्पन्न प्रथम अधिवेशनबाट तनहुँका सात जना प्रदेश सदस्यमा चयन भएका हुन् ।
चौतारीका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज प्रकाशचन्द्र भट्टराईका अनुसार मदन तिमल्सिना, राज श्रेष्ठ, सागर गिरी, ध्रुब सुवेदी,राजन उपाध्याय, चित्र गुरुङ र शर्मिला विक सदस्यमा चयन भएका छन् ।