भानुका श्रेष्ठको मस्र्याङदीले बगाएर लमजुङमा मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुका श्रेष्ठको मस्र्याङदीले बगाएर लमजुङमा मृत्यु

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०७८, मंगलवार

    दुलेगौडा । तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरका सनिज श्रेष्ठको लमजुङमा मस्र्याङदी नदीले बगाएर मृत्यु भएको छ । मंगलबार दिउँसो लमजुङको सुन्दरबजार नगरपालिका–९ सिउँडीबारमुनि मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा बगाएर उनको मृत्यु भएको हो ।

    भानुका श्रेष्ठ सुन्दरबजार नगरपालिका–९ सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत थिए । उनी होस्टेलमा बसेर पढ्दै आएका थिए । स्रोतका अनुसार होस्टेलबाट एक जना शिक्षक र दुई जना विद्यार्थी पौडी खेल्न मस्र्याङदीमा गएका थिए ।

    मध्यान्ह १२ बजेतिर बगाएकोमा उनको शव दिउँसो १ बजेतिर १० मिटर जति तल भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि बेंसीसहरस्थित जिल्ला अस्पतालमा ल्याइएको छ । मृतकका दाजु नाता पर्ने कृष्णकुमार श्रेष्ठले होस्टेलमा राखेको विद्यार्थीलाई बाहिर जान दिएकाले विद्यालयको लापरबाही देखिएको बताए । उनले विद्यालयका संस्थापक बाबुराम पौडेल र विद्यार्थी लाने शिक्षकलाई कारबाहीको माग गरेका छन् ।

    आक्रोशित आफन्त र बाइसजाँगरका बासिन्दाले फ्युचरस्टार स्कुलको गेटमा तोडफोड गरेका छन् । उनीहरूले २ वटा स्कुल बसको सिसा र भ्यानको सिसा फुटाएको प्रहरीले जनाएको छ ।