दमौली । तनहुँको ऋषिङ गाउँपालिकाको बिहीबार हुने भवन उदघाटनको कार्यक्रम नेकपा एमालेले वहिष्कार गर्ने भएको छ। एमाले ऋषिङ गाउँ कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम वहिष्कारको घोषणा गरेको हो ।
गाउँपालिकाको केन्द्रका विषयलाई लिएर एमाले ऋषिङ विगतदेखि नै एकमत रहेकाले उक्त कार्यक्रममा सहभागी हुन नसकिने ऋषिङ गाउँ कमिटीका सचिव कविराज श्रेष्ठले जानकारी दिए ।