दमाैली मुस्लिम अन्जुमन कमिटीकाे सम्मानपछि मन्त्री श्रेष्ठले भने, ‘मुस्लिम समुदायको हितका लागि प्रतिबद्ध छु’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैली मुस्लिम अन्जुमन कमिटीकाे सम्मानपछि मन्त्री श्रेष्ठले भने, ‘मुस्लिम समुदायको हितका लागि प्रतिबद्ध छु’

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०७८, शुक्रबार

    दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मुस्लिम समुदायको हितका लागि सदैब प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुस्लिम अन्जुमन कमिटीले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मुस्लिम समुदायको हितका लागि सदैब क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

    मुस्लिम समुदायसँग भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, “मुस्लिम समुदायलाई मलाई ऋण लगाउनुभएको छ, त्यो ऋण कहिल्यै तिरेर सक्दिन ।” मन्त्री श्रेष्ठले पवित्र धार्मिकस्थल मस्जिदमा उभिएर आफूले कहिल्यै नराम्रो काम नगर्ने कसम खाएको बताए। “जति काम गर्छु तनहुँवासीको र मुस्लिम समुदायको शिर ठाडो हुने गरी काम गर्छु”, उनले भने ।

    May be an image of 5 people and people sitting

    मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा भएका बेथिती हटाउने अभियानमा आफू लागि परेको उल्लेख गरे। अझै पनि धेरै सुधारका काम गर्न बाँकी रहेको भन्दै मन्त्री श्रेष्ठले बाँकी रहेका काममा पनि सफलता मिल्नेमा आफू ढुक्क रहेको बताए।

    May be an image of 9 people, people standing and people sitting

    प्रतिनिधिसभा सदस्य कलिला खानले विकास निर्माणका सवालमा पार्टी हेर्न नहुने भन्दै सबैको हातेमालो आवश्यक रहेको बताइन्। दमौली मुस्लिम समाजका अध्यक्ष सिद्धिक मियाँले वैदेशिक रोजगारको क्षेत्रमा मन्त्री श्रेष्ठले गरेको कामको प्रशंसा भइरहेको बताए।

    May be an image of 4 people, people standing, indoor and text that says 'कार्यक्र ব H'
    May be an image of 4 people and people standing

    अन्जुमन कमिटीका अध्यक्ष हाजि रजाक मियाँले मुस्लिम समुदायको सदैव हित चाहने मन्त्री श्रेष्ठलाई आगामी चुनावमा सहयोग गर्न आफूहरु तयार रहेको प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा मन्त्री श्रेष्ठ, प्रतिनिधिसभा सदस्य खान र व्यास ४ का वडाध्यक्ष विश्वराज न्यौपानेलाई खादा र प्रशंसापत्रले सम्मान गरिएको थियो ।

    अन्जुमन कमिटीका सचिव मन्सुर अहमदका अनुसार मस्जिद निर्माणका लागि मन्त्री श्रेष्ठले रु १५ लाख बजेट विनियोजन गरेका थिए । वडाध्यक्ष न्यौपानेले वडाको तर्फबाट रु ११ लाख ५० हजार सहयोग गरेको सो अवसरमा जानकारी दिइयो ।