व्यासको स्थापना दिवसमा सत्तारुढ गठबन्धन मात्रै सहभागी, एमालेको उपस्थिति भएन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको स्थापना दिवसमा सत्तारुढ गठबन्धन मात्रै सहभागी, एमालेको उपस्थिति भएन

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७८, बुधबार

    दमौली । व्यास नगरपालिकाको बुधबार आयोजित ३० औ स्थापना दिवसमा सत्तारुढ दलका नेता मात्रै सहभागी भएका छन् । नगरपालिकाको स्थापना दिवसमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेता मात्रै सहभागी भएका हुन् ।

    कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सहभागिता भएन । आगामी निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन गरेर जाने सहमतिका कारण एमालेलाई कार्यक्रममा खबर नगरिएको हो की भन्ने चर्चा पनि चलेको छ ।

    कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रदेश सहसचिव अतिन्द्रकेशरी न्यौपाने, नेकपा एकीकृत समाजवादीका व्यास नगर कमिटी अध्यक्ष मंगलप्रसाद श्रेष्ठ लगायत सहभागी थिए ।

    यद्यपि नगरपालिकाले भने सबै राजनीतिक दललाई खबर गरिएको बताएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले कार्यक्रममा सबै पार्टीलाई निमन्त्रणा गरिएको बताए ।