किर्ते तथा ठगी मुद्दामा एक जना थुनामा, तीन जना धरौटीमा रिहा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    किर्ते तथा ठगी मुद्दामा एक जना थुनामा, तीन जना धरौटीमा रिहा

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७८, बुधबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित छाब्दीवाराही बचत तथा ऋण सहकारी संस्थामा आर्थिक अनियमितताको आरोपमा पक्राउ परेकामध्ये एक जना थुनामा गएका छन् । किर्ते तथा ठगी मुद्दामा पक्राउ परेकामध्ये जिल्ला अदालत तनहुँको बुधबारकाे आदेश अनुसार एक जना पुर्पक्षका लागि थुनामा गएका हुन् ।

    सहकारीका तत्कालिन व्यवस्थापक सुरेन्द्र पन्थ पुर्पक्षका लागि थुनामा गएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए। अन्य तीन जना भने धरौटी बुझाएर रिहा भएका छन् ।

    सहकारीका तत्कालिन कर्मचारी आशा बस्नेतलाई रु ५० हजार, बजार प्रतिनिधि निर्मला तामाङलाई रु एक लाख र सफ्टवेयर सञ्चालक रुजिन नापितलाई रु दश हजार धरौटीमा रिहा गर्ने आदेश भएको छ ।

    पक्राउ परेका चार जना प्रतिवादीविरुद्ध मङ्गलबार अदालतमा बयान लिइएको थियो । रु तीन करोड भन्दा बढी आर्थिक अनियमिताको आरोपमा उनीहरु पक्राउ परेका थिए । प्रतिवादीविरुद्ध बुधबार थुनछेक बहस भएको थियो ।