दमाैली । भानु नगरपालिकाको मेयरमा राप्रपाबाट चार जनाले दावी गरेका छन् । भानुको मेयरका लागि शेरजङ्ग अधिकारी, विवेक न्यौपाने, देवकुमार पिया र शिवकुमार खड्काले दावी गरेका हुन् ।
अधिकारी विद्यानिकुञ्ज उच्च माविबाट हालै मात्र अवकाश भएका हुन् । न्यौपाने राप्रपाको भानु अध्यक्ष, पिया व्यवसायी हुन् भने खड्का एमालेबाट राप्रपा प्रवेश गरेका हुन् ।
चार जना मध्ये सहमतिमा एक जनालाई मेयरको उम्मेदवार बनाइने राप्रपाले जनाएको छ । राप्रपाले भानुका १२ वटै वडामा उम्मेदवारी दिने निर्णय गरेको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए ।
भानु नगरपालिका–१ मा बुधबार मात्रै देवकुमार पियाको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन भएको छ ।