सवारी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रममन्त्रीद्वारा श्रद्धाञ्जली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सवारी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रममन्त्रीद्वारा श्रद्धाञ्जली

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७९, आईतवार

    दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सवारी दुर्घटनामा ज्यान गुमाउने तनहुँको दमौली निवासी २६ वर्षीया मुना गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा आइतबार भएको सवारी दुर्घटनामा ज्यान गुमाउने गुरुङप्रति श्रममन्त्री श्रेष्ठले श्रद्धाञ्जली व्यक्त गरेका हुन्। गुरुङ रत्नहरि अस्पतालमा कार्यरत थिइन् ।

    साथै दुर्घटनामा परी दमौली, घाँसीकुवा, म्याग्दे र बन्दीपुरका स्थानीयवासी घाइते भएकामा मन्त्री श्रेष्ठले दुःख व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

    दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । विपरित दिशाबाट आउँदै गरेको बा ९ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुनः सोही दिशाबाट आउँदै गरेको ना ६ ख २०१४ नम्बरको ट्रकसँग माइक्रो ठोक्किएको थियो । दुर्घटनामा घाइते गुरुङको काठमाडौँस्थित नर्भिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा तनहुँको घाँसीकुवा निवासी ३४ वर्षीय बुद्धिसागर थापा, माइक्रो सहचालक व्यास–४ निवासी २८ वर्षीय नवीन ढकाल, व्यास–३ निवासी ३८ वर्षीया सीमा शाही ठकुरी, माइक्रो चालक व्यास–११ निवासी डम्बर बहादुर विक, म्याग्दी–१ निवासी ४८ वर्षीय राजु लम्साल, ३५ वर्षीय पूर्णबहादुर नेपाली, बन्दीपुर–१ निवासी ३८ वर्षीय अर्जुन विक, ४६ वर्षीय राज्यलक्ष्मी श्रेष्ठ, व्यास–१० बस्ने २६ वर्षीय जितु सुनार, व्यास–११ निवासी ४५ वर्षीया मिरा खड्का, ४० वर्षीया सरस्वती राई, १८ वर्षीया कोपिला राई, म्याग्दे–६ बस्ने ३० वर्षीय लालबहादुर परियार, व्यास–१० बस्ने ५१ वर्षीय टिकाबहादुर दराई घाइते भएको प्रहरीले जनाएको छ ।