दमौली । नेकपा एमालेका युवा नेता कविराज श्रेष्ठलाई मातृशोक परेको छ। एमाले ऋषिङ गाउँ कमिटीका सचिव रहेका श्रेष्ठका ममतामयी माता भूर्कन्य श्रेष्ठको शुक्रबार निधन भएको हो।
श्रेष्ठ दमबाट पीडित थिइन्। विसं २००८ माघ ३ गते जन्मिएकी श्रेष्ठको श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।