बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस तनहुँको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस तनहुँको निर्देशन

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    दमाैली । नेपाली कांग्रेस तनहुँले विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबार प्रेस विज्ञप्ती प्रकाशित गरी कांग्रेस तनहुँले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।

    विषम परिस्थितिमा नेपाली कांग्रेसप्रतिको निष्ठालाई मनन गर्दै कांग्रेससँग सम्बद्ध स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिई पार्टीका उम्मेदवारलाई सहयोग गर्न कांग्रेसले अनुरोध गरेको छ । पार्टीमा लामो समयसम्म योगदान पु¥याएका व्यक्तिहरुले उम्मेदवार बन्ने आकांक्षा राख्नु स्वभाविक भएको तर आकांक्षा अनुरुप टिकट उपलब्ध गराउन नसकेका कारण असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएकामा कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।