दमाैली । तनहुँकाे व्यास नगरपालिका-९ मा नेकपा एमाले र जोशी समुहले संयुक्त रुपमा ‘सास्ती हैन, सुविधाका लागि, स्वार्थी हैन इमानदारिताका लागि’ भन्दै घरदैलो गरेका छन् ।
व्यास नगरपालिकाको मेयरका उम्मेदवार दिपकराज जोशी र उपमेयरका उम्मेदवार बसुन्धरा घर्ती लगायत वडाका उम्मेदवार विभिन्न ठाउँमा पुगेर जनतासँग भेटघाट गरिरहेका छन् ।
मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, नगर र वडाले दिने सेवासुविधा सहज र जनमुखी कसरी बनाउन सकिन्छ भनी उनीहरुले सुझावसमेत संकलन गरेका छन्। घरदैलोमा मत माग्नुका साथ उम्मेदवारले नगरमा निर्वाचित भएपछि प्राथमिकतामा राख्नुपर्ने काम के–के हुन् भनी मतदातासँग प्रत्यक्ष सुझाव संकलन समेत गरेका छन् । आफ्नौ घरदैलोमा आइपुगेका उम्मेदवारलाई स्थानीयले जितकाे शुभकामना दिएका थिए ।
मेयर उम्मेदवार जाेशीले घरदैलाेमा पुग्दा मतदाताबाट पाएको स्वागत, सत्कार, आत्मीयता र माया नै जितकाे आधार रहेको बताए । उनले स्थानीय तहले ग्रामीण भेगकाका जनतालाई सास्ती दिएको बताउँदै आफूहरु जनताकाे सेवक बन्न चाहेकाे बताए र
उम्मेदवारहरुले बुधबार उक्त वडाकाे कुमालटारी,गजौडे, सिस्नेरी,बिर्ता लम्के लगायत क्षेत्रमा घरदैलो गरेको थियो ।