तनहुँ आएर देउवाले भने, ‘गठबन्धन राष्ट्रिय आवश्यकता’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ आएर देउवाले भने, ‘गठबन्धन राष्ट्रिय आवश्यकता’

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७९, शनिबार

    दमाैली । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले गठबन्धनलाई सफल बनाएरै छाड्ने बताएका छन्। नेपाली काङ्ग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताए।

    काङ्ग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दावी गरे। गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री देउवाले त्यस्ता तत्वलाई चुनावको मैदानबाट परास्त गर्ने जिकिर गर्नुभयो । गठबन्धन सफल बनाउने काङ्ग्रेसको एउटै मात्र लक्ष्य भएको देउवाको भनाई थियो ।

    प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै देश चुनावमा होमिएको बताए। “धेरैलाई चुनाव हुन्छ र भन्ने भ्रम थियो, तर देशमा चुनावको माहोल छ,” देउवाले भने ।

    प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट जनताले मुक्ति पाएको भन्दै भने, “केपी ओलीले आफू बाहेक अरुलाई काम गर्न दिएनन्, संसद अवरुद्ध पारिएको छ ।”