काेत्रेबाट लागुऔषध सहित दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काेत्रेबाट लागुऔषध सहित दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७९, आईतवार

    दुलेगाैडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेबाट लागुऔषध सहित दुई युवा आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका–५ बस्ने ३२ वर्षीय विश्राम चौधरी र पर्वतको मोदी गाउँपालिका–९ स्थायी घर भई बर्दघाट नगरपालिका–९ बस्ने ३१ वर्षीय विपीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ५३५४ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार दुई जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। प्रहरीले गुरूङको साथमा रहेको झोलामा लुकाई छिपाई ल्याएको नाईट्रोभेट ट्याब्लेट ३०० चक्की, कोडिन फोस्पेट लेखेको झोल पदार्थ भएको बोतल थान तीन, डाइजेपाम ७ एम्पुल, फेनारागन ७ एम्पुल र नुफिन ६ एम्पुल बरामद गरेको जनाएको छ ।