व्यासले दावी गरेको कालोपत्रे सडकको वास्तविकता यस्तो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासले दावी गरेको कालोपत्रे सडकको वास्तविकता यस्तो

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७९, आईतवार

    दमाैली । व्यास नगरपालिकाले स्थापनाको ३० औं वर्षको अवसरमा व्यास नगर दर्पण पुस्तक सार्वजनिक गर्यो । उक्त पुस्तकमा १४ वटै वडामा पाँच वर्षमा भएका कामको प्रगति विवरण सार्वजनिक गरिएको छ ।

    सोही पुस्तकमा व्यास नगरपालिका–१३ का वडाध्यक्षले आफ्नो कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनको प्रगति विवरणको बुँदा नम्बर २२ मा लेखिएको छ, ‘केराबारीदेखि जामुने डाँडासम्म २.५ किमि कालोपत्रे सडक निर्माण’ ।

    पुस्तकमा लेखिएको उक्त सडकको बारेमा विवरण हेरेपछि स्थानीयवासी समेत अचम्मित भएका छन् । व्यासले कालोपत्रे गरेको भनेर दावी गरिएको सडकमा केही काम नभएको स्थानीय युवा सागर पाण्डेले बताए । “आफ्नै ठाउँमा भएको विकासका बारेमा केही थाहा नपाएको रहेछु भनेर स्थलगत हेर्दा त ढुङ्गा, माटो, हिलो, धुलो र खाडलयुक्त सडक मात्र देखे,” उनले भने, “मैले सम्बन्धित जनप्रतिनिधिलाई सोध्दा जवाफ पाउन सकिन ।”

    May be an image of text