म्याग्दे । म्याग्दे गाउँपालिका–४ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा दीपककुमार श्रेष्ठ एक हजार ३८ मत प्राप्त गरी विजयी भएका छन् ।
प्रतिस्पर्धी नेकपा एमालेका ज्योतिकुमार श्रेष्ठले तीन सय ३२ मत प्राप्त गरे । यस्तै नेकपा माओवादी केन्द्रका राजु रानाले एक सय ८७ मत प्राप्त गरे ।
खुल्ला सदस्यमा डोलबहादुर सुनारले आठ सय १२, बमबहादुर मस्राङ्गीले सात सय ९७, महिला सदस्यमा बद्रीका भट्टराईले नौ सय २५ र दलित महिला सदस्यमा श्रीमाया नेपालीले नौ सय आठ मत प्राप्त गरेकी छन् ।