दमौली । तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको आतंक बढ्न थालेपछि नियन्त्रणका लागि खोर थापिएको छ ।
बन्दीपुर गाउँपालिका – १ प्युघर नजिक छपेली सामुदायिक वनमा बुधबार खोर राखिएको हो। मंगलबार मात्र बन्दीपुर गाउँपालिका-१ बोडीस्वारामा चितुवाको आक्रमणबाट पॉच वर्षीय बालकको मृत्यु भएको थियो ।
यसअघि बन्दीपुर-१ स्थित बागदलेमा पनि खोर थापिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।