दमाैली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले समय आएपछि उम्मेदवारी घोषणा गर्ने बताएका छन् । पूर्वमन्त्री भण्डारीले सो कुरा शुक्रबार तनहुँको जामुनेमा नेपाली कांग्रेस म्याग्दे २ नम्बर वडा कार्य समितिद्धारा आयोजित कार्यक्रममा बताएका हुन् ।
‘मेरो उम्मेदवारीको विषयलाई धेरै साथीहरुले चिन्ता जाहेर गर्नुभएको छ ,चिन्ता जाहेर गर्नुपर्दैन समय आएपछि उम्मेदवारी घोषणा गर्नेछु,’ पूर्वमन्त्री भण्डारीले भने । निर्वाचनमा जानुपूर्व पार्टी मजबुत बनाउने विषयमा पार्टीका सबै नेता तथा कार्यकर्ताको ध्यान पुग्नु पर्ने पूर्वमन्त्री भण्डारीको भनाई थियो ।
स्थानीय तह निर्वाचनमा कांग्रेसले गुन लगाएका कारण माओवादी र एकीकृत समाजवादी हैसियत कायम गर्न सफल भएका समेत पूर्वमन्त्री भण्डारीको भनाई थियो ।