दमाैली । नेपाली कांग्रेस तनहुँले तीन जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ । जिल्ला सभापति जितप्रकाश आलेले मोहन गिरी, शतिश न्यौपाने र माया रानालाई जिल्ला सदस्यमा मनोनित गरेका हुन् ।
नेपाली कांग्रेसको विधान २०१७ को धारा १२ को उपधारा ५ (ख) (२) बमोजिम जिल्लामा सदस्यमा मनोनित गरिएको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
मनोनित हुनेमध्ये गिरी जिल्ला सचिवमा र न्यौपाने महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।