दमौली । गत असार २ गते व्यास नगरपालिकाका-११ सेरामा बुल्दी खोलाले बगाउँदा घाइते युविना थापाको उपचारको लागि तीन लाख ४७ हजार २ सय ३३ रुपैया संकलन भएको छ ।
वसन्त आधारभूत विद्यालयको कक्षा नर्सरीमा अध्यनरत थापा विद्यालयबाट घर फर्किने क्रममा बुल्दी खोलाले बगाउँदा घाइते भएकी थिईन् । उनको पोखरा स्थित फिष्टेल हस्पिटलमा उपचार गरिएको थियो ।
उपचारका क्रममा आर्थिक अभाव भएपछि विद्यालयकी पूर्व प्रअ शर्मिला पौडेल ओझाले सहयोग संकलन अभियान चलाएकी थिइन् । सोही अभियानको क्रममा संकलन भएको तीन लाख ४७ हजार २ सय ३३ रुपैयॉ बिहीबार घाइते बालिकाको परिवारलाई हस्तान्तरण गरिएको छ ।
बालिकको स्वास्थ्यमा सुधार आएपछि उनलाई घर ल्याईएको छ । सामाजिक सञ्जाल मार्फत शिक्षक ओझाले चलाएको अभियानमा व्यास नगरपालिका, वडा कार्यालय लगायत विभिन्न संघ सस्थाले सहयोग गरेका थिए ।
बालिकाको उपचारको क्रममा १ लाख ७५ हजार रुपैया खर्च भएको पारिवारले जानकारी दिएको छ । बाँकी रहेको रकम विद्यालय प्रशासन, बालिकाको अभिभावक र टोल विकास समितिका अध्यक्षको रोहवरमा बालिकाको नाममा खाता सचालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम आले मगरले बताए ।