गोविन्दराज जोशी समूहकाे वृहत भेला शनिबार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गोविन्दराज जोशी समूहकाे वृहत भेला शनिबार

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले शनिबार दमाैलीमा वृहत भेला गर्ने भएकाे छ । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको चुनावको तयारी स्वरुप जाेशी समूहले भेला गर्न लागेकाे हाे ।

    तनहुँ उद्योग वाणिज्य संघको हलमा तनहुँ स्वतन्त्र समूह (कैँची चिन्ह) र अन्य स्वतन्त्र समूहकाे भेला हुने जनाइएकाे छ । भेलामा पूर्वमन्त्री समेत रहेका जोशीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अब आउने संघ तथा प्रदेश निर्वाचनको रणनीति र गएको स्थानीय तह निर्वाचनको समीक्षाको लागि यो भेलाको आयोजना गरिएको भेला आयोजक समितिका संयोजक हरिशरण पण्डितले जानकारी दिए ।