दमौली । जेसीआई व्यास नगरले आयोजना गरेको व्यास नगर साइनिङ स्टारको उपाधि सत्यवती माविकी साक्षी वाग्लेले जितेकी छन् । शनिबार राति सम्पन्न फाइनलमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै वाग्लेले उपाधि जितेकी हुन्।
प्रतियोगितामा सत्यवतीकै सुश्रीना थापा फस्ट रनर अप र गोरखकाली बोर्डिङ स्कूलकी दिलशा श्रेष्ठ सेकेन्ड रनर अप घोषित भइन् ।
उपाधिसँगै विजेता वाग्लेले नगद २५ हजार, फस्ट रनर अप थापाले १५ हजार र सेकेन्ड रनर अप श्रेष्ठले १० हजार प्राप्त गरेकी छन् । विजेतालाई व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गरेका थिए ।
असार १० र ११ गतेको अडिसनपश्चात् छनौट भएका विद्यार्थीलाई विभिन्न विधाका तालिम दिएर फाइनलमा प्रतिस्पर्धा गराइएको व्यास नगरका अध्यक्ष कृष्ण सुनारले जानकारी दिए ।
नगर क्षेत्रभित्रका १० देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि जेसीआई व्यास नगरले साइनिङ स्टार आयोजना गर्दै आएको छ।