दमौलीमा श्रीकृष्ण जन्माष्टमीको रमझम (फोटो/भिडिओ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा श्रीकृष्ण जन्माष्टमीको रमझम (फोटो/भिडिओ)

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७९, शुक्रबार

    दमौली । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार दमौलीमा विभिन्न संघसंस्थाले झॉकी सहित र्याली निकालेका छन् । श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक मिलन केन्द्र, जन्माष्टमीको अवसरमा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घले झॉकी सहित र्याली निकालेका हुन् ।

    वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

    यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

    फोटो तथा भिडिओ