दमाैली । चिल्ड्रेन–नेपालको आयोजनामा तनहुँको म्याग्दे गाँउपालिकाको गुन्जरा समुदायका कृषकहरुको निम्ति शान्ति संस्कृति निर्माण सम्बन्धि २ दिनको तालीम कार्यशाला सम्पन्न भएको छ ।
समुदायमा कृषकहरुलाई अहिंसात्मक संचार र सहकार्य, सीमान्तकृत बर्ग तथा महिलाहरुलाई आफनो भावना अभिव्यक्त गर्न प्रेरित गर्ने,शान्तिका बिकल्पहरुको व्यबहारिक अभ्यासको अबसर प्रदान गरी अहिंसात्मक बानि ब्याबहारको प्रबद्र्धन गरी आफु भित्र भएका सकारात्मक पक्षहरुको पहिचान गरेर नमुना कृषकको रुपमा आफुलाई अगाडी बढ्न प्ररीत गर्ने उद्धेश्यले २ दिनको शान्ति संस्कृति निर्माण तालिम कार्यशाला संचालन गरिएकाे निमित्त कार्यकारी निर्देशक शिब शर्मा चापागाईले बताए ।
उक्त तालिम कार्यशालामा तनहुँको म्याग्दे गाँउपालिकाको गुन्जरा समुदायका कृषकहरु गरि ६७ जना कृषकहरुकोे सहभागिता रहेको थियो । तालिम कार्यशालालाई गुन्जरा, डुम्री डाँडा,र सिप्ले गरी ३ समुहमा बिभाजन गरेर तालिम कार्यशालाको सहजीकरण गरिएको थियो ।
तीन छुट्टाछुट्टै समुहलाई सहजकर्ताहरु शिव शर्मा चापागाई, शारदा शर्मा, रमेश सुवेदी, दुमनाथ शर्मा, महेन्द्र पौडेल, उमा देबि रोकाह र विशाल घोतानले सहजीकरण गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागी कृषकहरुले दुई दिनमा सिकेको तौर तरिकाहरुलार्ई व्यक्तिगत र समुदायमा उपयोगमा ल्याई नमुना अर्गानिक कृषक बनेर समुदायलाई नमुना बनाउन प्रतिबद्ध हुने कुरा ब्यक्त गरेका थिए ।
संस्थाका निमित्त कार्यकारी निर्देशक शिब शर्मा चापागाईले तालिमबाट कृषकमा अहिंसात्मक संचार र सहकार्य गर्र्र्ने, आफनो भावना अभिव्यक्त गर्ने, शुरुमा आफू स्वयं परिबर्तन भएर नमुना बन्न सकेमा ब्यक्ति ,समुह ,समाज र समुदायलाई परिबर्तन गर्न सकिनेमा जाेड दिए ।
कार्यक्रममा सहजकर्ता शारदा शर्माले सिमान्तकृत बर्ग तथा महिलाहरुलाई शसक्तिकरण र सचेतनामुलक कार्यक्रम मार्फत समुदायलाई सशक्तीकरण गर्न यस तालिमले सहयोग पुग्ने कुरा बताइन् । तालिममा कृषि प्राबिधिक ओमकार राज काफ्ले र सन्तोष नेपालीले ब्यबस्थापनको कार्यमा सहजीकरण गरेका थिए ।