दमाैली । नेपाली कांग्रेस तनहुँ काठमाडौ सम्पर्क समितिको अध्यक्षमा उत्तम मिश्र मनोनित भएका छन् । नेपाली कांग्रेस तनहुँको बिहीबार बसेको बैठकले व्यास–१० स्थायी घर भई काठमाडौमा बस्ने मिश्रलाई अध्यक्षमा मनोनित गरेको हो ।
बैठकले नेपाली कांग्रेस तनहुँको भातृ तथा सुभेच्छुक संस्था गठन तथा पुनर्गठन गर्ने र सोको लागि जिल्ला समितिले आफ्नो कार्य अगाडि बढाउने निर्णय गरेको सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।