प्रदेशसभा सदस्यका लागि युवा नेता थापाकाे आवेदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रदेशसभा सदस्यका लागि युवा नेता थापाकाे आवेदन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । नेपाली काङ्ग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि चाम थापाले प्रदेशसभा सदस्यका लागि पार्टीमा आवेदन दर्ता गरेका छन् । थापाले तनहुँ क्षेत्र नम्बर २ (क) लागि बुधबार आवेदन दर्ता गराएका हुन् ।

    मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फबाट उम्मेदवार हुने इच्छा बमाेजिम थापाले आवेदन दर्ता गराएका छन् ।

    आफ्नो निर्वाचन क्षेत्रका जनताकाे चाहना भावनालाई बुझी उम्मेदवार बन्न दरखास्त दिएकाे थापाले बताए । ‘अघिल्लो पुस्ताले व्यवस्था बदल्नका लागि राजनीति गर्नुभयाे, अब अवस्था बदल्नका लागि राजनीतिमा हाेमिएकाे छु,’ उनले भने । पार्टीले जुन क्षेत्रबाट उपयुक्त मानेर टिकट दिन्छ त्यहीँबाट लड्ने थापाकाे भनाई छ ।