न्यु भिजनको तीज प्रतियोगिता : नागपधेंरी आमा समूह प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    न्यु भिजनको तीज प्रतियोगिता : नागपधेंरी आमा समूह प्रथम

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    जामुने । म्याग्दे गाउँपालिका–२ स्थित न्यु भिजन युवा क्लवले आयोजना गरेको तीज गीत प्रतियोगितामा नागपधेंरी आमा समूह प्रथम भएको छ । मङ्गलबारदेखि सुरु भई बुधबार सकिएको प्रतियोगितामा व्यास–५ चापाघाटको आमा समूहले प्रथम स्थान हासिल गरेको हो ।

    प्रतियोगितामा नेपाल क्षेत्री समाज व्यास नगरपालिका द्वितीय, भिमसेन टोल आमा समूह जामुने तृतीय । गलाम्बास मगर मोइ आमा समूह व्यास–३ तथा न्यु भिजन दिदीबहिनी प्रगतिशिल समाज जामुने सान्त्वना हुन सफल भएको छ ।

    प्रथम, द्वितीय, तृतीय हुने समूहले क्रमशः रु २२ हजार दुई सय २२, १३ हजार तीन सय ३३, सात हजार सात सय ७७ नगद पुरस्कार प्राप्त गरेका छन् । विजयीलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।