दृष्टिको भ्रामकतामा जीवन हराएको छ कि, सोचको दरिद्रतामा ? पल, कुना, कन्दराका अथाहमा तेस्रिने प्रश्नहरु जीवनका सारथी भने पक्कै रहेछन् । जर्वजस्त सोचमा आएको शिथिलताले थिलो थिलो पारेको जस्तो । यहि पृष्ठभुमिमा रमेका पलहरु साँच्चै अभिन्नता वन्ने रहेछन् । प्रकृतिको छटालाई वुझन नसकेको हो कि जीवनको स्वार्थतामा भाँजो हालेको हो ? जान अन्जानका विषयवस्तुहरु जव स्वार्थताका महत्वकांक्षा वन्दछन्, जव जीवन साँच्चै वोझ वन्ने रहेछ । यहि वोझका भारीहरु विभिन्न कर्म, पल र अनुग्रहमा देखिरहेका छन् ।
निरिहता जीवनको पर्याय रहेछ, क्यारे ! जुन कहि न कहि, कतै न कतै सवैको प्यारो वन्ने रहेछ । पुर्णताका परिभाषामा पनि र अभावको क्षणमा पनि । यसको आलिङ्गन विना पुर्ण नहुने जीवन । यहि पर्याय भित्रको आत्मासातमा जीवनको पलको यादहरुले साँच्चै नपोल्ने कोही होला कि नहोला ? त्यही पलमा दम्भ मिश्रित व्यवहारहरु प्रस्फुटित होला कि नहोला ? विगत, वर्तमान र भविश्यको प्रारुप नै जीवन हो । यहि भित्र विगतका समिक्षा, वर्तमानको वस्तुगत स्थितीको मापन गर्न सायद कसैले पनि नगर्ला, त्यसैको प्रतिफलमा हामी दम्भी र महत्वकांक्षाका शिखरमा निरन्तर अगाडी वढिरहेका छौ । यहि निरन्तरको श्रृखलाले भविश्यको कल्पना गर्न सक्दैनौ । कल्पना र सपना त फगत स्वार्थ केन्द्रित, महत्वकांक्षा र स्वार्थमिश्रित मात्र हुने रहेछ । वस्तुको मात्रात्मक वृद्धिले त्यसको आवश्कतालाई वुझाउन नसक्ने रहेछ, शिवाय आत्मकुष्ठा र घमण्ड वाहेक । यहि सत्यता भित्र नै आम जीवन घुमिरहेको हुने रहेछ । भेल पनि कति ठुलो ? साँच्चै शारिरिक रुपमा कमजोर हुनेहरु मानसिक रुपमा स्वत कमजोर हुने नै भयो, भेलले वगाँउछ नै जस्तो । तर गन्तव्य विहिन भेलले क्षति शिवाय केही गर्देन । प्रकृति त निर्मम हुने रहेछ भने प्रकृतिको अणु मानव जाति किन निर्मम नहुँदो हो त ? मानवतालाई भौतिक पर्याप्तताको मात लागेजस्तो प्रकृति पनि मातिरहेको छ । प्रकृतिको अनुसरण नै मानव जातिले गर्नुपर्दछ । किनकी प्रकृति साध्य हो, अन्य सवै साधन । साधनले साध्यको अनुसरण स्वभाविक नै होला ।
प्रकृतिको अनुपमतालाई चिन्न नसक्नु नै जीवनको सवैभन्दा खराव पक्ष हो क्यारे ! अन्धकार रातमा वुनेका सपनाहरु प्रकृतिका छटासँग धुमिल भएर जाने रहेछ । सोच नै वन्धक वन्ने रहेछ । यति धेरै शक्तिशाली प्रकृतिसँग फेरि पनि एकाकार हुन छाडेर दम्भ मिश्रित व्यवहार के का लागी ? प्रकृति र वातावरणलाई नियाल्ने दृष्प्रयासले सायद वाँच्न सकिदैन क्यारे ? फेरि पनि यो दृष्प्रयास किन ? असहजको यो पहाडमा मिल्ने, समाहित हुने सोच, जीवनत्याग को अंश त होईन ? चर्को घामको उखरमाउलो क्षणमा वर्खाको आगमनले दिएको शितलताले धेरै राहत दिएता पनि यसको प्रभावमा प्रभावित हुनेहरु पनि हुन्छन् क्यारे । शितलताको अनुभुति खोज्नेहरुले यसको प्रभावलाई सोच्न सक्दैनन । अतः हरेक वस्तुभित्रका सहज असहज विषयहरु एकअर्कामा अन्योन्याश्रित सम्वन्धहरु भित्र रहेका हुन्छन् । व्यक्तिका मानसिकता अनुकुलता र प्रतिकुलतामा निर्भर गर्ने रहेछ, सत्यतामा रम्नेहरु स्वप्नदृष्टिका भागीदार मात्र रहेछन् । असिमित चाहना र आवश्यकतामा स्वार्थताका गन्धहरु सुगन्धका रुपमा मानिसकतामा गुल्जार हुँदा रहेछन् । दुखको मुख्य कारण नै यहि वन्दो रहेछ । प्रकृति र वातावरण सँगको पौठेजोरी आवश्यकता कि स्वार्थता ? जव आवश्यकता व्यक्तिगत वन्दछ, त्यो स्वार्थ वन्दछ । स्वार्थ जव महत्वकाक्षांमा रुपान्तरण हुन्छ, त्यसपछि शुरु हुन्छ चक्र ।
उर्लिएको वर्षा विस्तारै धुमिल हुदै गएको छ । प्रकाशको वाहुल्यतामा रम्नेहरु वर्षाको वेपर्वाह गर्न अभ्यस्त छन् । आवश्यकता जीवनको अपरिहार्यता पनि हो आवश्यकता जव स्वार्थ र महत्वकांक्षामा वदलिन्छ, त्यसपछि निरिहता आर्कषित हुन्छ । आत्मालोचना पनि निरिह वन्दछ । नयनका स्वप्नदृष्टिहरु अनाहकमा रोदन वन्दछन् । आँशु पनि सिमित हुन्छन, क्यारे । धर्तिमा हरेक वस्तु सिमित हुन्छन भन्ने नवुझेका हरु निरिहतामा वुझने ल्याकत राख्दछ, तर त्यो ल्याकतले स्वयं आफै न अरु कसैलाई परिवर्तनका लागी संवाहक वन्न सक्दछन् । कमजोर सधै, सवै नवने जस्तो वलियो र शक्तिशाली पनि सवै र सधै वन्न सक्दैनन । यति धेरै सत्यता भित्र पनि हामी यति धेरै भौतारिएर निरिहता उन्मुख वनिरहेका छौ । ह्दयका स्पन्दनमा प्रस्फुटित भावहरु ह्दयमा नै दवाएर वाँचेका हुन्छन मान्छे । यो सवै स्वार्थ र महत्वकांक्षाका उपज हो ।
आत्मिक असुन्तलन जीवनका सवैभन्दा घातक पक्ष हो । जहाँ जो कोही पनि आलिङ्गन हुन्छन । ह्दयको पुकार र मस्तिष्कको चेतनाका समागम नै जीवनका कर्म हुन् । यहि भित्रको असन्तुलन नै मानव जीवनका तरलता हुन् । जुन तरलताले कहिल्यै मानवलाई शान्ति दिदैन । दिन्छ त केवल, स्वार्थ, महत्वकाक्षा र कुष्ठा । यसको विशाल भारी वोकेर आत्मिक शान्तिमा रमाउन खोज्नु भनेको निरिहता मात्र हो । जुन सम्भव छैन । त्यहि निरिहता जीवनको उत्तरार्धमा पनि प्रस्फुटित वन्दछ, तर त्यो निरिहताको उपजले सकारात्मक नतिजा दिन सक्दैन । किनकी निरिहता र नैराश्यता भोगाधिकार व्यक्ति हरेक पक्षवाट कमजोर भईसकेको हुन्छ । कमजोर चिन्तन, सोच र शरिरले नतिजा दिन सक्दैन । यसको भाव अन्यमा लगभग शुन्य हुन्छ । भोगाई र देखाई एक अर्काका पर्याय वन्न कदापी सक्दैन ।
वर्षाको शितलतावाट शान्त वनेको आत्मा पोल्न थालेको छ । यो आफैैवाट सिर्जित घटनाक्रम नै मुख्य कारक हो । धर्तिमा घटनाका कारक विभिन्न तत्व भएता पनि मुख्य कारक कर्ता नै हुन्छन् । यहि सत्यता वीचमा भौतारिएको जीवन चक्र सत्यतालाई आत्मासात गर्ने दुस्साहस भने गर्न सक्दैनौ । जसका कारण मानव जातिमा यति धेरै असन्तुष्टि र अशान्ति पाईन्छ ।
मस्तिष्क र आत्माको फयुजन जवसम्म सकारात्मक वन्न सक्दैन । पीडायुक्त गहुङ्गो शरिर लिएर हिड्नुको विकल्प छैन । यहि विकल्पविहिनता झै हामीहरु एकसुत्रिय मागमा अभ्यस्त वनिरहेका छौ । किनकी मस्तिष्क र आत्माको फयुजन सकारात्मक वनाउने ल्याकत हाम िसँग छैन । किनक िसत्यताको मार्गमा हिड्ने लोभ, मोह, स्वार्थ र महत्वकांक्षालाई त्याग्न जरुरी छ । त्यो गर्न कदापी किञ्चित हामी तत्पर छैनौ ।
विहानको चिसो सन्नाटामा आमाको काखमा आलिङ्गन भएर धेरै खुशी हुने अभिलाषामा अभ्यस्त रहदै गर्दा कर्कश ध्वनिको आवाज आयो । खुशी, कल्पना र सपनामा अभ्यस्त हुन पनि सहज नहुने रहेछ । उतावट निस्वार्थ रहित मलिन आवाज आयो, वावा…………………। अन्ततः यहि सुष्टिको निरन्तरताको आलिङ्गनमा वाधिनुको विकल्प रहेन ।