निर्माण व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा खनाल, महासचिवमा श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्माण व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा खनाल, महासचिवमा श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७९, शुक्रबार

    दमौली । निर्माण व्यवसायी सङ्घ तनहुँको अध्यक्ष यज्ञप्रसाद खनाल निर्वाचित भएका छन्। सङ्घको बिहीबार सम्पन्न २७ औं वार्षिक साधारणसभा तथा १२ औं जिल्ला अधिवेशनबाट खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

    सङ्घको वरिष्ठ उपाध्यक्षमा इश्वरीप्रसाद देवकोटा, उपाध्यक्षमा पुष्पकुमार श्रेष्ठ र विष्णुराम थापा, महासचिवमा सुवर्ण श्रेष्ठ, कोषाध्यक्षमा सुरेश घिमिरे, सचिव नीतिगतमा मदन गैह्रे र वस्तुगत सचिवमा कृष्णमुरारी मिश्र, सहकोषाध्यक्षमा भुवन दरै निर्वाचित भएका छन् ।

    लेखा समिति संयोजकमा दिपकुमार श्रेष्ठ र सदस्यहरुमा रमेश पण्डित र प्रताप श्रेष्ड निर्वाचित भएका छन् । खुल्ला सदस्यमा केदार अधिकारी, खुदाबक्स मियाँ, महिला सदस्यमा जानकी थापा निर्वाचित भएका छन् ।

    केन्द्रीय प्रतिनिधिमा कृष्णनारायण श्रेष्ठ, ऋषिराम अधिकारी, भिमबहादुर थापा, शेरबहादुर गुरुङ, बसन थापा निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक केशव भट्टराईले जानकारी दिए ।