


दमौली । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाह विरुद्ध तनहुँ अदालतमा पेसी तोकिएको छ । नवलपुर अदालतबाट सोही प्रकृतिको मुद्धाको फैसला भएकामा तनहुँ अदालतमा आज पेसी तोकिएको हो ।
नवलपुर अदालतले शाहलाई दुई वर्ष ६ महिना कैदको फैसला सुनाइसकेको छ । तनहुँमा पनि सुनुवाई सकिएपछि शाह विरुद्ध फैसला आउनेछ ।