नवौं राष्ट्रिय खेलकुद : आइटिएफ तेक्वान्दोमा तनहुँलाई तीन रजत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नवौं राष्ट्रिय खेलकुद : आइटिएफ तेक्वान्दोमा तनहुँलाई तीन रजत

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७९, बिहीबार

    दमाैली । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बागलुङमा सम्पन्न आइटिएफ तेक्वान्दोमा तनहुँले तीन रजत पदक जितेको छ । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै तनहुँबाट सहभागी चार मध्ये तीन खेलाडीले रजत पदक जितेका हुन् ।

    निलो पेटी एकल प्याट्रनमा भिमाद–६ की मोनिका कुंवरले रजत पदक जितिन् । पुरुष टिम प्याट्रनमा भिमाद–५ ऋषिङपाटनका गोपाल चन्दले रजत र ८०–८५ केजी स्पाइरिङमा शुक्लागण्डकीका सोमबहादुर गुरुङले रजत पदक जितेका हुन् ।

    आइटिएफ तेक्वान्दोतर्फ गण्डकी प्रदेश तेस्रो हुन सफल भएको छ । गण्डकी प्रदेशले पाँच स्वर्ण, सात रजत र दुई कास्य पदक जितेको तनहुँ आइटिएफ तेक्वान्दोका अध्यक्ष आकाशचन्द्र घर्ती मगरले जानकारी दिए ।